मंगलबार, असार ३१, २०७६
www.samsararemit.com

स्वतन्त्र तिब्बत कार्यक्रममा सहभागि २ जना सांसद प्रति चीनको चासो

स्वतन्त्र तिब्बत कार्यक्रममा २ सांसद सहभागी भएको भन्दै चीनले चासो दिएपछि परराष्ट्र मन्त्रालयले ध्यानकर्षण भएको प्रष्ट पारेको छ ।

मंगलबार एक प्रेस वक्तव्य सार्वजनिक गर्दै मन्त्रालयले लाटभियामा भएको स्वतन्त्र तिब्बत सम्बन्धी कार्यक्रममा नेपालका २ सांसद सहभागी भएको विषयमा गम्भीर भएको जनाएको हो ।

प्रतिनिधिसभाका २ सांसद स्वतन्त्र तिब्बत सम्बन्धी कार्यक्रममा सहभागी भएको भन्दै चीनले चासो दिएपछि मन्त्रालयको प्रष्टोक्ति सार्वजनिक भएको हो । नेपाली सांसद तिब्बत सम्बन्धि कार्यक्रममा सहभागी हुनु नेपालले अंगीकार गर्दै आएको एक चीन नीति विपरीत भएको भन्दै चीनले चासो देखाएको  हो ।

नेपाली सांसदहरु सो कार्यक्रममा सहभागी भएको विषयमा जानकारी नभएको भन्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । सरकारले यस प्रकार सरकारको परराष्ट्र नीतिविरुद्ध हुने गतिविधि स्वीकार्य नभएको समेत स्पष्ट पारेको छ ।

लाटभियाको राजधानी रिगामा गत साता आयोजित ‘टिबेट एन्ड द इन्टरनेशनल नेटवर्क अफ पारलिमेन्टेरियन्स टिबेट’ कार्यक्रममा ती सांसद सहभागी भएका थिए ।

कार्यक्रममा तत्कालीन संघीय समाजवादी फोरम तथा हालको समाजवादी पार्टीका सांसद प्रदीप यादव र राष्ट्रिय जनता पार्टी (राजापा)का सांसद इकवाल मियाँ सहभागी भएका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया