मंगलबार, असार ३१, २०७६
www.samsararemit.com

‘नेकपा’ले भातृ संगठनको जिम्मेवारी तोक्योः यी हुन् ६ जना भाग्यमानि

लामो समयको रस्काकसी पछि नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय संगठनको नेतृत्व टुंगिएको छ । नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारी टुंग्याएको हो ।

नेकपाका अनुसार अनेरास्ववियुको संयोजकमा ऐन महर र सहसंयोजकमा रंजित तामाङ, वाईसीएलको संयोजकमा दीपशिखा र सहसंयोजकमा रमेश पौडेल, महिलाको संयोजकमा अमृता थापामगर र सहसंयोजकमा सीता पौडेल, पत्रकारको संयोजकमा महेश्वर दाहाल र सहसंयोजकमा गणेश बस्नेत, बुद्धिजीवीको संयोजकमा डा. दिनेशचन्द्र देवकोटा र सहसंयोजकमा कृष्ण केसी र मजदुरको अध्यक्षमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिंखडा रहेका छन् ।

महर यसअघि एमालेको भ्रातृसंगठन अनेरास्ववियुका महासचिव थिए भने तामाङ माओवादी निकट अनेरास्ववियुका अध्यक्ष । दीपशिखा माओवादीको भ्रातृसंगठन वाईसीएलका अध्यक्ष थिए भने पौडेल एमाले निकट युवा संघका अध्यक्ष । यसरी नै थापामगर माओवादी निकट महिला संगठनकी महासचिव थिइन् भने पौडेल एमाले निकट महिला संगठनकी अध्यक्ष ।

दाहाल माओवादी निकट प्रेस सेन्टर नेपालका अध्यक्ष थिए भने बस्नेत एमाले निकट प्रेस चौतारी नेपालका अध्यक्ष । श्रेष्ठ एमाले निकट मजदुर संगठन जिफन्टका अध्यक्ष थिए सिंखडा माओवादी निकट मजदुर संगठनका । देवकोटा एमाले निकट बुद्धिजीवी परिषद्का अध्यक्ष थिए भने केसी तत्कालीन माअओवादी निकट बुद्धिजीवी संगठनका ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया