सोमबार, आश्विन ६, २०७६
www.samsararemit.com

ईक्यानले कर्पोरेट फुटसलको आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ ECAN ले तेश्रो ईक्यान कर्पोरेट फुटसलको आयोजना गर्ने भएको छ । ईक्यानले आयोजना गर्ने  प्रतियोगितामा ईक्यानमा आवद्ध ब्यवसायिहरु खेलाडिका रुपमा सहभागि रहने छन । यस प्रतियोगितामा अष्ट्रेलियाको कलेज मिन्ट ईन्टरनेसनलको प्रस्तुतिमा एवम राईटपाथ क्यारियर काउन्सिलिङ्ग प्रा. लि. को इन एसोसिएसन विथ प्रायोजनमा १२ टिमको सहभागिता रहने छ ।

ईक्यान कास्की, ईक्यान चितवन, ईक्यान ललितपुर, ईक्यान पुर्वाञ्चल शाखा तथा ईक्यान रुपन्देहि अन्तर्गत रहेका ब्यवसायिहरु समेतको सहभागितामा उक्त फुटसल सम्पन्न हुने अतिरिक्त कृयाकलाप विभाग तथा तेश्रो ईक्यान फुटसल प्रतियोगिताका संयोजक श्री बासुदेव दाहालले बताउनु भयो ।

अन्य प्रायोजकहरुमा एआईपि एजुकेसन प्रा. लि., अष्ट्रेलिया एजुकेसन कन्सल्टिङ्ग प्रा. लि., क्यानोन ईन्टरनेसनल एजुकेसन प्रा. लि., सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ्ग प्रा. लि., ड्रिम डेस्टिनि एजुकेसन फाउण्डेसन प्रा. लि., ड्रिम अन एजुकेसनल कन्सल्टेन्सि प्रा. लि., स्टडि वल्र्ड एजुकेसन कन्सल्टेन्सि एण्ड रिसर्च सेन्टर प्रा. लि., ईन्लाईटिन ईन्टरनेसनल एजुकेसन प्रा. लि., एक्सेल एजुकेसन प्रा. लि., काठमाण्डौ ईन्फोसिस एजुकेसनल कन्सल्टेन्सि प्रा. लि. रहेका छन ।

त्यस्तै मेटस एजुकेसन प्रा. लि., निरभाना काउन्सिलिङ्ग सेन्टर प्रा. लि.,पाथफाईन्डर ईन्टरनेसनल एजुकेसन प्रा. लि., मेघा एजुकेसनल कन्सल्टेन्सि प्रा. लि., सेभिल्ला एजुकेसन कन्सल्टेन्सि प्रा. लि., प्रसन्ना ईन्टरनेसनल एजुकेसन प्रा. लि., रोयल एजुकेसनल फाउण्डेसन प्रा. लि., सिलिकन एजुकेसन नेटवर्क प्रा. लि., सक्सेस एब्रोर्ड स्टडि प्रा. लि., वेभ ईन्टरनेसनल एजुकेसन प्रा. लि., प्रान्जल एजुकेसन कन्सल्टेन्सि प्रा. लि., रिभोलुसन एजुकेसन एकेडमि प्रा. लि. रहेका छन ।

त्यस्तै मिडिया पार्टनर मकालु खवर डट कम, आई टि पार्टनर कम्युनिकेट मिडिया प्रा. लि., भेन्यु पार्टनर कुमारी फुटसल प्रा. लि. रहेका छन् । शहरीया जिवनशैलि तथा फुटवल खेल्नका लागि आवश्यक पुर्वाधारको पर्याप्तता नभएको अवस्थामा केहि समययता फुटसल प्रतियोगीता पनि खेलप्रेमीहरु माझ लोकप्रिय बन्दै गएको छ ।

ECAN ले आयोजना गर्ने यो प्रतियोगीताले पनि यस खेलको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । हामी शारीरक तन्दुरुस्तीका साथ प्राप्त हुने वौद्धिक उर्जा कैयौं गुणा सकारात्मक हुन्छ भन्ने विश्वास गर्दछौं । नेपाली विद्यार्थीहरुलाई विश्वभरका सर्वोत्कृष्ट शैक्षिक संस्थाहरुबाट विश्वस्तरको योग्यता हासील गर्न सहजीकरण गर्ने परामर्श व्यवसायीहरुको यस प्रकारको कृयाशिलताले स्वदेशमा खेल जगतको उन्नतीमा उल्लेख्य भुमिका खेल्ने विश्वास लिइएको छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया