मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

विप्लवद्वारा भक्तपुरमा जग्गा कब्जा, कसैले दावी गरे जनकारवाही गर्ने चेतावनी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भक्तपुरमा एक रोपनी जग्गा कब्जा गरेको छ । विप्लव समूहको भक्तपुर जिल्ला जनपरिषदले चाँगुनारायण नगरपालिका–२ दुवाकोटको एक रोपनी जग्गा कब्जा गरेको हो ।

उक्त जग्गा चाँगुनारायण नगरपालिका–५ की निर्मलाकुमारी पुरी र भक्तपुर–१० कमलविनायककी चन्द्रमाया सुवालको नाममा छ । कित्ता नम्बर १७९८ रहेको उक्त जग्गामा सोमबार विप्लव समूहले झन्डा गाडेको छ ।

भू-माफियाले चलखेल गरी उक्त जग्गाका वास्तविक धनीबाट उम्काएको आरोप विप्लव समूहले लगाएको छ । जग्गा भएको स्थानमा ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन, अन्यथा जनपरिषदले कडा कारबाही गर्नेछ,’ लेखिएको छ ।

जनपरिषदले सो जग्गा कब्जामा लिएको भन्दै विज्ञप्ति पनि जारी गरेको छ । विज्ञप्तिमा त्यहाँका समाजसेवी, भलादमी र बुद्धिजीवीसँग छलफल गरिएको र वास्तविक धनी पीडित भएको पुष्टि भएकाले कब्जामा लिइएको दाबी गरिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया