मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

शौचालयको सेफ्टी ट्यांकीमा पुरिएर चार जना बालबालिकाको मृत्यु

दार्चुलामा विद्यालयको शौचालयको सेफ्टी ट्यांकी भासिदा त्यसमा पुरिएर चारजना बालबालिकाको मृत्यु भएको छ । नौगाड गाउँपालिका ४ सिप्टीमा रहेको गणेश माध्यमिक विद्यालयको शौचालय भत्किँदा सोहि विद्यालयमा अध्ययन रत चार जना बालबालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा निरुता ठगुन्ना, अनुष्का धामी, युनिका ठगुन्ना र सुधीर धामी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मतबहादुर बोहोराका अनुसार खेल्दै गरेका बालबालिकाहरु ट्यांकीमा खसेका थिए । दुर्घटना स्थल सदरमुकामबाट ७ घण्टा लाग्छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया