सोमबार, असार २, २०७६
www.samsararemit.com

जेलभित्रै दम्पतीले बिस सेवन गरे, श्रीमानको मृत्यु श्रीमतीको उपचारहुँदै

बाँके जिल्ला कारागारका कैदी सुनिलकुमार तिवारीले कारागारभित्रै आत्महत्या गरेका छन् । नेपालगन्जको भेरी अस्पतालमा उपचार गर्न गएका बेला शौचालयमा विष सेवन गरेर तिवारीले आत्महत्या गरेको जेलर भरतराज पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार दिउसो १ बजेतिर सुरुमा अस्पतालको शौचालयमा सुरुमा पत्नीले विष सेवन गरी पतिलाई खान दिएकी थिइन् । उनकी पत्नीको भने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

बाँके जिल्लाको जानकी गाउँपालिका–३ का तिवारी ३ बैशाखमा लागुऔषध ब्राउन सुगरको मुद्दामा थुनामा थिए । उनको मुद्दाको जिल्ला अदालत बाँकेबाट २३ जेठमा फैसला भइ मंगलबार मात्र ७ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गरिएको पत्र कारागारमा आएको थियो । तिवारीको शवको मंगलबार नै पोस्टमार्टम गर्दा विष सेवन गरेको पुष्टि भएको बताइएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया