सोमबार, असार २, २०७६
www.samsararemit.com

वर्षाले लगातार दोस्रो खेल रद्द, बंगलादेश र श्रीलंकाले समान अंक बाँडे

एजेन्सी, वर्षा बाधक भएपछि आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो खेल रद्द गरिएको छ । वर्षा भएपछि श्रीलंका र बंगलादेशबीच टस समेत नभई खेल रद्द गरिएको हो । यसअघि सोमबार दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल पनि रद्ध गरीएको थियो ।

खेल रद्द गरिएपछि दुबै टिमले १–१ अंक बाँडेका छन् । श्रीलंकाको लगतार दुइ खेल रद्ध गरीएको छ । यसअघि पाकिस्तानबिरुद्ध खेलपनि वर्षा भएपछि रोकिएको थियो । जारी विश्वकपमा वर्षाले अवरुद्ध यो तेस्रो खेल हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया