मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

सरकारको काइते निर्णय, १२ पास नगरी विदेश पढ्न जान रोक

सरकारले १२ पास नगरी विदेशमा पढ्न जान नदिने भएको छ । एसईई उत्तिर्ण गरेका विद्यार्थी बंगलादेश, अष्ट्रेलिया, जापान, अमेरिकालगायत देशमा पढ्न जान स्वीकृति नो अब्जेक्सन लेटर लिने गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिन रोकेको हो ।

शिक्षा मन्त्रालयका अनुसार अबदेखि १२ कक्षा उत्तिर्ण गरेका विद्यार्थीले मात्रै नो अब्जेक्सन लेटर पाउँछन् । १२ कक्षासम्म माध्यमिक शिक्षा नै भएकोले विद्यालय शिक्षा सकेर उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने मन्त्रालयको निर्देशनमा उल्लेख छ ।

विदेश पढ्न जाने विद्यार्थीलाई अध्ययन स्वीकृति तथा विदेशी मुद्रा सटही सुविधाका लागि पनि नो अब्जेक्सन लेटर चाहिन्छ । स्वीकृति लिन चाहने विद्यार्थीले नागरिकताको फोटोकपी र शैक्षिक योग्यताका प्रमाणपत्रजस्ता आवश्यक कागजात बुझाएपछि नो अब्जेक्सन लेटर पाउँथे ।

१२ उत्तिर्ण नभएका विद्यार्थीलाई स्वीकृति नदिने निर्देशन कार्यान्वयनमा आइसकेको मन्त्रालयले जनाएको छ । गएको आर्थिक वर्ष मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएर ७० हजार भन्दा बढी विद्यार्थी विभिन्न कोर्स पढ्न विदेश गएका थिए । यीमध्ये एमबिबिएस पढ्न जाने धेरै विद्यार्थी छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया