सोमबार, असार २, २०७६
www.samsararemit.com

लोक सेवालाई सर्वोच्चले सोध्यो- कर्मचारी भर्ना किन रद्द नगर्ने ?

विवादित बनिरहेको लोकसेवा आयोगको विज्ञापनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आयोगको विज्ञापन रद्द गर्न माग गर्दै अधिवक्ता विकास ठाकुरले दायर गरेको रिटमाथि सावेच्चले फैसला गर्दै विज्ञापन किन रद्द नगर्ने भनेर लोक सेवा आयोगलाई सोधेको हो ।

न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले निवेदकको मागअनुसार आदेश विज्ञापन रोक्न अन्तरिम आदेश भने जारी गरेन । रिट निवेदक अधिवक्ता विकास ठाकुरले अन्तरिम आदेश माग गरेकाले यसबारे छलफल सर्वोच्चले गर्न दुबै पक्षलाई ३ गते बोलाएको छ ।

विभिन्न स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै लोकसेवा आयोगले १५ जेठमा विज्ञापन खुलाएको थियो । आयोगले गरेको उक्त विज्ञापन समावेशी नभएको भन्दै विरोध भएपछि आयोगको विज्ञापन रद्द गर्न माग गर्दै अधिवक्ता ठाकुर सर्वोच्च गएका थिए ।

निवेदकको माग बमोजिम किन आदेश जारी हुनु नपर्ने हो? भन्ने आधार र कारणसहित १५ दिनभित्र महान्याधिवक्ताको कार्यालयमार्फत् दिन जवाफ दिन समेत सर्वोच्चले लोकसेवा आयोगलाई निर्देशन दिएको छ ।

संसदको राज्य व्यवस्था समितिले पनि विज्ञापन संविधान र स्थानीय तह संचालन ऐनको मर्म अनुसार नभएको भन्दै विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया