मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

गुठी विधेयकको विरोधमा विशाल जनप्रदर्शन, जनआन्दोलनको झल्को

सरकारले संसद्मा दर्ता गराएको गुठी सम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै पाटन मंगलबजारमा विशाल प्रदर्शन गरिएको छ । संघर्ष समितिले आयोजना गरेको विरोध कार्यक्रममा गुठीको जग्गा प्राधिकरण मातहतमा लगेर सरकारले हालिमुहाली गर्न लागेको भन्दै फिर्ता नलिए आन्दोलन झनै चर्काउने बताए ।

“गुठीको जग्गा प्राधिकरणमा ल्याएर हालिमुहाली गर्न मन छ भने सरकारमा बस्नेहरु पहिले शंख र घण्ट बजाएर आउनोस्,” आन्दोलनमा सहभागी एकले भने, “काठमाडौंमा खाली हात छिरेकाहरु आलिसान महलमा छिरे । उनीहरुका गाडी हिँड्ने सडक साना भए भनेर हाम्रा घर भत्काइए । अहिले के किन्नका लागि गुठीमा आक्रमण गरिएको हो ?”

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया