मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

यातायातको भाडा वृद्धि तत्कालका लागि फिर्ता

 

सरकारले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातमा गरेको भाडा वृद्धि तत्कालका लागि फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहिबार विज्ञप्ति जारी गर्दै भाडा वृद्धिका सम्बन्धमा थप छलफल आवश्यक भएकाले तत्काल लागू नहुने जानकारी दिएको छ ।

विभागले बिहिबार नै सबै खाले सवारी साधनमा लागू हुने गरी छोटो दुरीमा १२ प्रतिशत र लामो दुरीमा २० प्रतिशतसम्म भाडा बढाएको थियो । विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका आधारका भाडादर कायम गरिएको उल्लेख गरेको थियो ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया