मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

क्रिकेट विश्वकप, वर्षा बाधकभएपछि न्युजिल्यान्डलाइ पाइदा

आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत भारत र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएको छ । ट्रेन्ट ब्रिजमा बिहीबार तय खेलको टस नै नगरी रद्द भएको हो । स्थानीय समयअनुसार दिउँसो ३ बजेसम्म वर्षा भएको थियो । त्यसपछि खेल रद्द हुँदा दुवै टिमलाई १–१ अंक प्रदान गरियो ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड ४ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानको अस्ट्रेलियाको ४ खेलबाट ६ अंक छ । भारत ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । आयोजक इंग्ल्यान्ड ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ ।

जारी विश्वकपमा चौथो पटक खेल वर्षका कारण रद्द भएको हो । यसअघि बंगलादेश र श्रीलंकाबीचको खेल रद्द भएको थियो । दक्षिण अफ्रिका र वेस्ट इन्डिज तथा पाकिस्तान तथा श्रीलंकाबीचको खेल पनि वर्षा वाधक बनेको थियो । एकै विश्वकपमा चार खेल रद्द भएको यो पहिलो पटक हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया