बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

ओलीले कम्बोडिया र भियतनाममा सत्ता कब्जा गर्ने सड्यन्त्रको रियलसल गरे, नेता बस्नेत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व संचार मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया र भियतनामको भ्रमण गरेर कम्युनिष्टहरुले कसरी सत्ता कब्जा गछन्  भन्ने षड्यन्त्र रियलसल गरेर आएको बताएका छन् ।

गृह जिल्ला सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका २ स्थित कर्थलीमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सोमबार नयाँ भवन उद्घाटन कार्यक्रममा नेता बस्नेतले प्रधानमन्त्री ओलीले अहिले सम्मकै इतिहासमा छोटो समयमा धेरै पटक विदेश भ्रमण गर्नेको रेकर्ड राखेको बताउँदै कम्बोडिया र भियतनाम सरकारले लाखौं जनताको हत्या गरेर सत्ता कब्जा गरेको इतिहास खुलाउँदै सड्यन्त्रको जालो बुन्न प्रधानमन्त्री ओली त्यसतर्फ गएको बताएका हुन् ।

उनले संचार सम्बन्धी विधेयक तथा गुठि विधेयक संसदमा पेश गरेर सत्ताको दुरुपयोग गरेको बताए । उनले संचार जगतलाइ कमजोर बनाएर सरकार तानासाह तिर अघिबढेको समेत आरोप लगाए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया