आईतबार, कार्तिक ३, २०७६
www.samsararemit.com

संवैधानिक अधिकार खुम्च्याउँने सड्यन्त्रमा सरकार लाग्यो, नेता बस्नेत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले जनताको बलिदानबाट प्राप्त संवैधानिक अधिकार खुम्च्याउँने गरी मिडिया काउन्सिल विधेयकले सरकारले ल्याउँन लागेका बताएका छन् । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका २, कर्थली स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा नेता बस्नेतले सरकारले सञ्चार माध्यमलाई नियन्त्रणमा लिएर गणतन्त्र मास्न खोजेका टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार तानाशाह तिर उन्मुख भएको बताए । संसदमा दर्ता विधेयक फिर्ता लिन समेत उनले आग्रह गरेका छन् । कार्यक्रममा उनले प्रविधि मैत्री शिक्षा अहिलेको युगको आवस्यकता भएका बताए । अवको शिक्षा प्रविधि मैत्री हुँनु पर्नेमा जोड दिए । विश्वलाई सुहाउँदो प्रविधि मैत्री शिक्षाले मात्रै सिंगो देशको विकास सम्भव रहेको उनले प्रस्ट पारे ।

नवनिर्मित भवनको उद्घाटन गर्दै उनले ११ र १२ कक्षा सञ्चालन गर्न आफु जस्तो सुकै सहयोग गर्न तयार रहेको प्रस्ट्याएका छन् । नवनिर्मित दुई तल्लाको अत्याधुनिक सुविधासम्पन्न भवन करीब रु ६५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया