आईतबार, कार्तिक ३, २०७६
www.samsararemit.com

सरकारले विकास खर्च काटे कांग्रेसले एक-एक हिसाव खोज्छ, पूर्वमन्त्री बस्नेत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व संचार मन्त्री मोहन बहादुर बस्नेतले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेका क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले विकास बजेट खोसेको बताएका छन् । पूर्व मन्त्री बस्नेतले स्थानीय तहमा विकासका लागि आएको बजेट नेपाली कांग्रेसले जेतेकै कारण खोसिएको बताएका हुन् ।

गृह जिल्ला सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका २ स्थित कर्थली स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले बाह्रविसे बुदेपा टुङवाली दोलङसा सडक खण्डको बजेट काटिएको बताएका छन् । दोलङसा सडक खण्डमा कांग्रेसको सरकार भएको बेला पुकम्प पुननिर्माण प्राधिकारणले ५८ करोड छुट्याएको थियो । तर अहिलेको कम्युनिष्ट सरकारले कटौती गरेको उनले जानकारी गराए ।

उक्त सडक खण्डले बाह्रविसे नगरपालीकाको चारवटा वडा समेट्ने छ । स्थानीय निर्वाचनमा ती चारवटै वटामा नेपाली कांग्रेसले जितेको छ । पूर्व मन्त्री बस्नेतका अनुसार कांग्रेसले चुनाव जितेकै कारण विकास बजेट खोसिएको हो ।

पूर्व मन्त्री बस्नेतकै पहलमा ५८ करोड बजेट पारिएको थियो । ५८ करोड अहिलेको सरकारले कटाए लगतै पुनह उनैको पहलमा २० करोड छुट्याइयो । त्यो बिस करोडको टेन्डर समेत भइसकेको अवस्था छ । तर त्यो बजेट पनि खर्च गर्न नदिने खेलमा यो सरकार लगेको उनको भनाइ छ ।

कम्युष्टि सरकारलाइ चेतावनी

आफ्नो जिल्लाको विकास बजेट खुरुखुरु काटे त्यसको परिणाम नराम्रो हुने पूर्व मन्त्री बस्नेतले चेतावनी दिएका छन् । बजेटको एक  एक हिसाव किताव खोज्ने पनि उनले प्रस्ट पारेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया