बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

‘मधुर मिलन’ गीतको म्युजिक भिडियोमा झापाकी स्मृतिको मोडलिङ

स्मृति ओलीको व्यावसायिक मोडलिङ यात्रा सुरु गरेकी छन् । सत्यराज आचार्यको स्वरमा रहेको ‘मधुर मिलन’ गीतमा स्मृतिले मोडलिङ सुरु गरेकी हुन् । बेहुली परिरमा देखिएकी उनले चर्चित तकार डा. डी आर उपाध्यायको रचना मधुर मिलनमा सागर अधिकारी ‘सरद’ को संगीत रहेको गीतको म्युजिक भिडियोमा स्मृति र प्रविन बरालले अभियन गरेका छन् ।

स्मृति  मिस टिन झापा २०१५ की बिजयी हुन् । उनले यस अघि पनि केही म्युजिक भिडियोहरुमा अभिनय गरि सकेकी छन् । यो म्युजिक भिडियोमा अत्यान्तै सुन्दर र आर्कषक देखिएकी स्मृतिले म्युजिक भिडियो राम्रो बनेको बताएकी छन् ।

सानै देखि कलाकारीतामा रुची राख्ने स्मृति टिभि फिल्मीले संचालन गरेको “को बन्छ कलाकार”मा प्रथम भएकी थिइन् । हामी सँग कुरा गर्दै स्मृतिले, “पढाइसगै अभिनय र मोडलिङ क्षेत्रलाई अघि बढाउदै मिस नेपाल हुदै मिस बल्र्ड सम्म हुने लक्ष्य लिएकी छु,” उनले भनिन् ।

म्युजिक भिडियो सुटिगंपछि पोस्ट प्रोडक्सनको काम भैरहेकोले छिट्टै नै बजारमा आउन र गित सगै भिडियो पनि उत्कृष्ट बनेको हुनाले दर्शकले अत्याधिक मन पराउने विश्वास रहेको निर्देशक प्रहील कार्कीले बताएका छन् ।

गीतकार एबम साहित्यकार  उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एकैपटक सात एल्बम निकालेर नयाँ रेकर्ड राखिसक्नु भएको छ भने ‘अतिरिक्त’ ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया