बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

चट्याङ पर्दा रुपन्देही र दाङमा ६ जनाको मृत्यु

चट्याङ पर्दा रुपन्देही र दाङमा ६ जनाको मृत्यु भएको छ । मंगलबार पानीसँगै परेकाे चट्याङ लागेर रुपन्देहीमा ३ जना र दाङमा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देही सैनामैना-७, आमीका ६२ वर्षीय चन्द्रबहादुर बिक, कञ्चन गाउँपालिका-२ बसन्त फुलबारी बस्ने ६० वर्षीय नन्दराम अर्याल र गैडहवा गाउँपालिका-७ वर्गदैया बस्ने राम जित लोधका २५ वर्षीका छोरा भागवत दास लोध रहेको प्रहरीले जानकारी दिएको छ ।

घर नजिकै गाई बस्तु चराउने क्रममा चट्याङ लागि घाईते भएका विकको लुम्बिनी प्रार्देशिक अस्पताल बुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।  त्यस्तै अर्यालको पनि गाईवस्तु चराउने क्रममा चट्याङ लागि मृत्यु भएको हो । लोध भने तरकारीबारीमा जाने क्रममा चट्याङ लागि मृत्यु भएको छ ।

यस्तै चट्याङ्ले दाङको राप्ती गाउँपालिका-३ मौरीघाट निवासी ११ वर्षीय रमीत चौधरी, ११ वर्षकै विनास चौधरी र १३ वर्षीय साजन चौधरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया