बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

‘एसईई’को रिजल्ट सार्वजनिकः नतिजा भने खच्कियो

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा सार्वजनिक गरेको हो ।

यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन् । त्यस्तै ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन् ।

यस्तै, ४८ हजार ९६० ले ए जीपीए ल्याएका छन् । जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  यस्तै, ७४ हजार ११० ले बी जीपीए ल्याए। जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन् ।

यस्तै, ६० हजार ७०६ जनाले बी प्लस जीपीए ल्याए । जसमा ३४ हजार १६६ छात्र र २६ हजार ५४० छात्रा छन् । ९७ हजार २९९ ले सी प्लस ल्याए । जसमा ४५ हजार ७८९ छात्र र ५१ हजार ५१० रहेको परीक्षा बोर्डले जनाएको छ । सी जीपीए ल्याउने ९५ हजार २ सय ९ जनता छन् ।  जसमा ४२ हजार ८८३ छात्र र ५३ हजार ३३६ छात्रा छन् ।

४३ हजार ८४० जना विद्यार्थीले डी प्लस ल्याए । जसमा छात्रतर्फ १९ हजार १३३ र छात्रातर्फ ३४ हजार ७०७ रहेका छन् । चार हजार ४२९ जनाले डी जीपीए ल्याए । जसमा १८६६ छात्र र २५६३ छात्रा छन् ।

गत चैतमा भएको परीक्षामा टेक्निलकलतर्फ नाै हजार छ सय ३३ परीक्षामा सहभागीता जनाएका थिए । परीक्षामा छात्रतर्फ ६ हजार १ सय नाै र छात्रा तीन हजार पाँच सय २३ छात्रा सहभागी भएकाे परीक्षा बोर्डले जनाएको छ ।

गत चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा बिहीबार सावर्जनिक भएको हो । परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी थिए । नतिजाका लागि नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सकिने छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया