बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

सञ्चारमन्त्री बाँस्कोटाको प्रश्नः कांग्रेस दिनभर बीपी, रातभर विप्लव ?

सरकारका प्रवक्ता एवम्  सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको आलोचनाका नाममा गलत बाटो लिएको आरोप लगाएका छन् । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै बाँस्कोटाले कांग्रेस माथि यस्तो आरोप लगाएका हुन् ।

कांग्रेस माथि प्रश्न गर्दै बाँस्कोटाले भने, ‘कांग्रेसको शान्ति एउटा तारा र लोकतन्त्रको अर्को तारा कता हरायो ? हिंसा र निषेधको राजनीतिलाई सँगै लाने कांग्रेसको कस्तो दृश्य ?’, ‘दिनभर बिपी, रातभर विप्लव नै कांग्रेसको नीति हो ?’

मन्त्री बाँस्कोटाले लगातार संसद अवरुद्ध गरेकोप्रति कांग्रेसमाथि आक्रोश व्यक्त गरे । ‘संसद् अवरुद्ध पहिलो र अन्तिम घटना होइन’, मन्त्री बाँस्कोटाले भने, ‘सबै घटनामा सरकारले समिति बाउन सक्दैन। समिति बनाएर सम्भव पनि हुँदैन ।’

मन्त्री बाँस्कोटाले सबैले बाच्न पाउनुपर्ने बताए। ‘मृत्यु व्यापार होइन । सबैले बाच्न पाउनुपर्छ भन्ने सरकारको धारणा छ’, कांग्रेसलाई प्रश्न गर्दै उनले भने, ‘हिंसाप्रति प्रतिपक्षीको दृष्टिकोण के हो ?’

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया