सोमबार, माघ ६, २०७६
www.samsararemit.com

भागबंडा नमिल्दा ‘नेकपा’को एकता प्रक्रिया सरेको सर्‍यै

तीन महिनामा टुंगो लगाउने भनिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको संगठनात्मक एकता प्रक्रियाले करिब १५ महिनापछि पूर्णता पाएको छ । यसअघि अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले असार मसान्तभित्र एकता प्रक्रिया टुंगो लगाउने बताएका थिए ।

मंगलबार साँझ अध्यक्ष ओली र प्रचण्डबीच बालुवाटारमा झण्डै चारघण्टा छलफल चलेको थियो। त्यसो त अध्यक्षद्वयबीच दिनहुँ ‘वान टु वान’ वार्ता हुँदै आएको थियो । तर, मंगलबारको बैठकमा कार्यविभाजन (केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, विशेषतः जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन), र केन्द्रीय निकायहरूलाई पूर्णता दिने कुरामा सैद्धान्तिक समझदारी जुटेको नेताहरूले बताएका छन् ।

त्यस्तै मंगलबारको बैठकले ३२ वटै विभाग बाँडफाँट, केन्द्रीय आयोग (अनुशासन, लेखा, निर्वाचन) जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्लाई पूर्णता दिने कुरामा पनि समझदारी तय भएको स्रोतले जानकारी दियो ।

३२ वटा विभाग मध्ये १८ वटा एमालेले (५६ प्रतिशत) र पूर्वमाओवादी केन्द्रले १४ वटा (४४ प्रतिशत)लिने टुंगो लागेको छ । यद्यपि महत्वपूर्ण मानिएको संगठन, विदेश, प्रशिक्षण (स्कुल) प्रचारलगायत विभागको कसले पाउने टुंगो लागेको छैन । यसबीचमा थप गृहकार्य गर्ने र साउन पाँच गते बस्ने सचिवालयको बैठकले निर्णय लिने र लगत्तै स्थायी कमिटी बसेर अनुमोदन गराउने तयारी रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

भागबंडा नमिल्दा नकपाएको एकता सरेको सर्य

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया