बिहीबार, कार्तिक २८, २०७६
www.samsararemit.com

डेकोरेसनको पैसा माग्दा ज्यान लोकदोहोरी गायक पंगेनीलाइ मार्ने धम्की

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष एवं लोकदोहोरी गायक बद्री पंगेनीविरुद्ध ज्यान मार्ने धम्की दिएको उजुरी परेको छ  । पंगेनी, विजय सिंह र सुवास अधिकारीविरुद्ध बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको हो ।

निरमाया दोहोरीसाँझमा डेकोरेसन गरेको पैसा माग्न जाँदा पंगेनीले ज्यान मार्ने धम्की दिएकोभन्दै उनीविरुद्ध सृष्टी फर्निचरका सञ्‍चालक निमा दोर्जी शेर्पाले उजुरी गरेका हुन् । यता, गायक पंगेनीले भने आफू निरमाया दोहोरी साँझमा नरहेको भन्दै आफूले कसैलाई पनि कुनै प्रकारको धम्की नदिएको दाबी गरेका छन् ।

“मैले निरमाया दोहोरी साँझ छोडेको वर्षौं भइसक्यो । मेरो सेयर पनि छैन,”उनले बाह्रखरीसँग भने, “ज्यान मार्ने धम्की दियो भनेर जसले मविरुद्ध उजुरी दियो उहाँहरुलाई म चिन्दा पनि चिन्दिन । आज उजुरी परेको खबर आएपछि पहिलो पटक उहाँहरुसँग मेरो फोनमा कुरा भयो ।”

उनले आफूले धम्की दिएको भए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताए । चरित्र हत्या गर्ने प्रयासस्वरुप नियोजित रुपमा आफू माथि आरोप लगाइएको उनको भनाइ छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया