शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

‘सम्झनाको ऐनामा रामप्रसाद उपाध्याय’ पुस्तक सार्वजनिक

नेपालको शैक्षिक आन्दोलन र शिक्षकहरुको हक हितका लागि अतुलनिय योगदान पुर्याएका स्वर्गीय रामप्रसाद उपाध्यायको सम्झनामा “सम्झनाको ऐनामा रामप्रसाद उपाध्याय” नामको पुस्तक सार्वजनिक गरिएको  छ । काठमाडौंको कमल पोखरी स्थित रसियन कल्चर सेन्टरमा मंगलबार उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तकमा नेपालको शैक्षिक आन्दोलन तथा शिक्षकको पेशागत हकहितका लागि उपाध्यायले पुर्याएको योगदानको चर्चा गरिएको छ । खास गरेर शैक्षिक आन्दोलनका क्रममा उहाँसँग नजिक रहेर काम गरेकाहरुले पुस्तकमा स विस्तार उहाँले पुर्याएको योगदानको चर्चा गर्ने प्रयाश गरिएको छ । १३८ प-ृष्ठमा समेटिएको पुस्तकको सम्पादन प्रा डा विष्णु राज आत्रेयले गरेका छन् । त्यस्तै ४५ जनाले विभिन्न शिर्षकमा उहाँलाइ सम्झिने प्रयाश गरेका छन् ।

उक्त पुस्तक रामप्रसाद कुइकेल स्म-ृति प्रतिस्ठानले प्रकाशित गरेकाे हो । मुख्य भुमिका भने उहाँको  पुत्र विनोद कुमार उपाध्यायको रहेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया