बिहीबार, कार्तिक २८, २०७६
www.samsararemit.com

छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जीः फिल्म इण्डट्रिजमा तरंग

जेठी श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा दर्ता गरेपछि निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुजी जारी गरेको छ । बहुविवाहको मुद्दा दर्ता भएपछि अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । बुधबार छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

छविकी पहिली श्रीमती हेमा ओझाले उनीहरुविरुद्ध बहुविवाहको निवेदन दिएकी थिइन् । सोही अनुसार जिल्ला अदालत काठमाडौंले छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दर्ता गरेको हो ।

फिल्म निर्माता छविराज ओझाविरुद्ध जेठी पत्नी हेमाले आइतबार बहुविवाहको मुद्दा हालेकी थिइन । उनले छविकी कान्छी पत्नी शिल्पा पोखरेललाई पनि विपक्षी बनाएकी छन् । जेठीसँगको सम्बन्ध नतोडिकन शिल्पालाई घर भित्र्याएपछि हेमाले उनीहरूविरुद्ध आइतबार प्रहरी परिसर गौशालामा बहुविवाहको मुद्दा दायर गरेकी थिइन् ।

तर आफूहरूको झगडाको विषयमा छविराजले रातको १२ बजे पत्नी शिल्पालाई लेखेको चिठीमा भने उनले विगतका आफ्ना तीन श्रीमतीलाई पारपाचुके गरेपछि शिल्पासँग विवाह गरेको उल्लेख गरेका छन् ।

शिल्पाले छविसँग अंशसहित पारपाचुके मागिरहँदा हेमाले पतिविरुद्ध मुद्दा दायर गरेकी हुन् । यदि जेठी पत्नीको पक्षमा फैसला भयो भने बहुविवाहको कानुनअनुरूप छवि र शिल्पालाई एकदेखि पाँच वर्षसम्म जेल सजाय र १० देखि ५० हजारसम्म जरिवाना हुन सक्छ । छविकी पहिली पत्नीबाट दुई छोरा राजीव र महेश छन् । उनी छोराहरूको साथमा शंखमूलमा बस्दै आएकी छिन् ।

हेमापछि छविले फिल्म नाताकी नायिका गीताञ्जली सुनुवारसँग विवाह गरेका थिए । विवाह गरेको केही समयपछि सुनुवारले आत्महत्या गरेकी थिइन् । सुनुवारतिरबाट छविका एक छोरा साकार छन् । उनी पनि फिल्म क्षेत्रमै सक्रिय छन् ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया