शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

बिकिनी अवतारमा साम्राज्ञी

 

नेपाली चलचित्र क्षेत्रकी चर्चित तथा लोकप्रिय नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह यति बेला चर्चामा छिन् । उनीका गोप्य भनिएका तस्वीर बाहिरएपछि चर्चामा आएकी हुन् ।  उनि नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवाङ्कस राणासँग मस्ति गरेको फोटो सार्वजनिक भएपछि सर्वत्र छाएकी छिन् ।  देवाङ्कस राणा उनका प्रेमी भएको खुलेको छ ।

देवाङ्कस र साम्राज्ञी इन्डोनेशियाको सुमुन्द्र किनामा मस्ती गरेको फोटोले यति बेला बजार तताएको हो ।  उनका यी तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ । जुन तस्बिरमा साम्राज्ञी र देवाङ्कस निकै मदहोष पारामा देखिएका छन् । बालीको एक समुन्द्री किनारमा खिचिएको उक्त तस्वीरहरुमा बिकिनीमा रहेकी साम्राज्ञीलाई देवाङ्कसले ओठ, छातीको बीच र कम्मर पछाडी चुमेका छन् ।

यो निक्कै हट पोज बाहिरिएपछि सिने जगत पुरै तातेको हो । साम्राज्ञीले नै ती तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी थिईन तर तस्बिर पोस्ट भएपछि साम्राज्ञीले ताली भन्दा गाली धेरै खाईन् । गाली खाएपछि उनले ती तस्बिरहरु डिलिट गरिन तर उनको तस्बिरले यतिबेला सामाजिक सञ्जालमा हंगामा मच्चाईरहेको छ । ती तस्बिरहरु उनको प्रेमीले पनि सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

हुन सक्छ उनीहरुको यो नितान्त व्यक्तिगत जीवन हो तर व्यक्तिगत जीवन हो भन्दैमा साम्राज्ञी आफैले यति हदसम्मका तस्बिरहरु सार्वजनिक गर्नु मुर्खता भन्दा अरु केही हुन सक्दैन । हो सेलिब्रेटी भएपछि व्यक्तिगत जीवन गुम्ने गर्छ त्यसैले बिदेशमा निर्धक्कसंग रमाउँन जाने सेलिब्रेटीहरुले हट अनि बिकिनीमा खिचाएका तस्बिरहरु आज भोली आम दर्शकहरुले पनि पचाउँन थालिसकेका छन् तर साम्राज्ञीले जोशमा होस गुमाउँदा उनीमाथि तल्लोस्तरको प्रतिक्रियाहरु आईरहेका छन् ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया