मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

पारसको सानदार प्रदर्शनले नेपाल ७ विकेटले विजयी

आइसिसी टी २० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा कुवेतलाई नेपालले ७ विकेटले पराजित गरेको छ  । १४२ रनको लक्ष्य दिएको कुवेतलाई नेपालले ३ विकेटको क्षतिमा १५.५ ओभरमा आफ्नो लक्ष्य पूरा गरेको हो ।

४२ बलमा कप्तान पारस खड्काले ६८ रनको योगदान दिएका थिए । उनले ४२ बलमा ११ चौका र १ छक्का प्रहार ग रे। १३ बलमा २ चौका, १ छक्कासहित ज्ञानेन्द्र मल्ल आउट भएका थिए । शरद भेषावकरले ३० बलमा नटआउट ३८ रन जोडे ।

यसअघि, निर्धारित २० ओभरको खेलमा कुवेतले ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । सिंगापुरको इण्डियन एसोसिएसन ग्राउण्डमा जारी खेलमा टस हारेर कुवेतले व्याटिङ पाएको थियो ।

मोहम्मद कासिफले ४९, आन्दन इन्द्रासले २५, मोहम्मद इस्लामले २३ ,राजिभा सान्दारवानले १५ र विलाल ताहिरले १३ रन जोडका थिए। स्पिनर सन्दीप लामिछाने र वसन्त रेग्मीले ३/३ विकेट लिएका थिए । करण केसीले २ विकेट लिए भने अभिनास वोहराले कुवेतको १ विकेट हात पारेका थिए ।

नेपालले अब सिंगापुरसँग खेल्नेछ । नेपालले भोलिको खेल जितेमा युएईमा हुने विश्वकप ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ । नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । तालिकाको शीर्ष स्थानमा रहेको सिंगापुरको ५ अंक छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया