बिहीबार, कार्तिक २८, २०७६
www.samsararemit.com

आगामी एनआरएनए अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

अक्टोबरमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए ) को नवौं विश्व सम्मेलनमा अध्यक्ष पदमा कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । हालका केन्द्रीय उपाध्यक्ष रहेका आचार्यले आउँदो अक्टोबरमा काठमाडौंमा हुने विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । प्रवासमा बस्ने हरेक गैरआवासीय नेपालीलाई समेट्ने गरी संघ समावेशी र सशक्त बनाउन आफ्नो उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।

विश्वका सबै गैरआवासीय नेपालीहरुको सल्लाह र सुझावका आधारमा आफुले आगामी कार्यकालको अध्यक्ष पदको उम्मेदवारी दिन लागेको  उनले दावी गरेका छन् । उपाध्यक्ष आचार्यले छिट्टै पत्रकार सम्मेलन गरेर ‍औंपचारिक घोषणा गर्ने बताएका -छन् ।

केन्द्रीय अध्यक्ष भवन भट्टले  एक वक्तव्य दिँदै अबको कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेपछि आचार्य नेतृत्वका लागि अघि सर्न लागेका हुन् । उनले एनआरएनए जस्तो संस्थामा प्रजातान्त्रिक ढंगले खुल्ला प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनु पर्छ भन्ने आफ्नो धारणा रहेको जनाए ।

एनआरएनए एनसीसी बेलायतका पूर्वअध्यक्ष तथा एनआरएनए युरोप संयोजकको जिम्मेवारी सम्हालिसकेका उपाध्यक्ष आचार्यको संघकै अर्का केन्द्रीय उपाध्यक्ष जर्मनी निवासी व्यवसायी कुमार पन्तसँग प्रतिस्पर्धा हुने देखिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया