आईतबार, श्रावण २५, २०७७
www.samsararemit.com

‘नेकपा’मा स्कुल विभाग विवाद चर्कियो, सचिवालय बैठक साउन २८ सम्म स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको एकता प्रक्रिया झनै पेचिलो बन्दै गएको  छ । विभागको नेतृत्व मिलाउँन सोमबार बसेको सचिवालय बैठकले पनि कनै टुंगो लगाउन नसकि सकिएको छ ।

अन्य विभागमा खासै विवाद नभए पनि स्कुल विभागका बारेमा पूर्वएमाले र पूर्वमाओवादीबीच विवाद चर्किएको छ । विभागको नेतृत्वका लागि सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको मुख्य दाबी देखिए पनि अन्य नेताहरुको पनि दाबेदारी कायमै छ ।

सोमबार बसेको सचिवालय बैठकमा पार्टी एकताका लागि केन्द्रीय निकाय, सल्लाहकार समिति, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय कमिटीमा रहेका सबैको कार्यविभाजन गर्नका लागि कसको कुन विभाग र निकायमा रुची छ भन्ने विषयमा बुझेर मात्रै निर्णय गर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले रुची र प्राथमिकताका बारेमा सम्बन्धित व्यक्तिलाई पनि सोधेर निर्णय लिइने बताउँदै अहिलेसम्म कुनै पनि विभागको टुंगो नलागेको बताए । गृहकार्यका लागि भन्दै बैठक साउन २८ गतेसम्मका लागि स्थगित भएको छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया