बिहीबार, कार्तिक २८, २०७६
www.samsararemit.com

कक्षा १२ को परिक्षाफल सार्वजनिक

 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत १५ वैशाखदेखि सञ्चालन गरिएको परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी थिए ।

३.६ देखि ४ जीपीएसम्म ल्याउने ३ हजार ६७ जना छन् । ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने १६ हजार २ सय ४ जना र २.४१ देखि २.८० जीपीएसम्म ल्याउनेको संख्या २६ हजार ५ सय ३ जना छ । त्यस्तै, २ देखि २.४ जीपीएसम्म ल्याउनेको संख्या ८६ हजार २ सय २७ जना र १. ६१ देखि २ जीपीए ल्याउनेको संख्या ६२ हजार ६ सय १९ छ ।

विगतमा विज्ञान विषयको नतिजा सुरुमा प्रकाशित गर्ने र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको बोर्डले अघिल्लो वर्षदेखि सबै विषयको परीक्षाफल एकैपटक सार्वजनिक गर्न सुरु गरेको छ ।

साधारण तथा प्राविधिक विषय समूहका नियमित, ग्रेड वृद्धि र आंशिक परीक्षार्थीको परीक्षा देशभरका १ हजार १ सय ७ परीक्षा केन्द्रमा भएको थियो ।

यस वर्ष मनाङबाट सबैभन्दा थोरै १ सय १० र काठमाडौंबाट सबैभन्दा धेरै १ लाख ३४ हजार १ सय १५ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । राष्ट्रिय परीक्षा बोर्डको http://www.neb.gov.np/results र नेपाल टेलिकमको http://neb.ntc.net.np/ वेबसाइटमा गएर नतिजा हेर्न सकिनेछ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया