बिहीबार, कार्तिक २८, २०७६
www.samsararemit.com

क्रिकेटरलाई जम्मु काश्मीर छाड्न भारत सरकारको आदेश

भारत सरकारले  सुरक्षा अवस्थालाई मध्यनजर गर्दै क्रिकेटरलाई जम्मु कश्मीर छाड्ने आदेश दिएको छ । यसअघि सेनाले पर्यटक र अमरनाथ यात्रामा रहेका धर्मावलम्बीलाई काश्मीर छाड्ने आदेश दिएको थियो ।

जम्मु काश्मीर क्रिकेट एसोसिएसनले इरफान पठानलगायत थुप्रै क्रिकेटरलाई काश्मीर छाड्ने आदेश दिएको हो । भारतीय क्रिकेट टिमका पूर्वअलराउन्डर पठान जम्मु काश्मीर क्रिकेट टिमको मेन्टरका रुपमा काम गर्दै आएका थिए । उनीलगायत थुप्रै क्रिकेटर घरेलु प्रतियोगिताका लागि जम्मु काश्मीर क्रिकेट टिमलाई प्रि–सिजन अभ्यास गराउँदै थिए । प्रि–सिजन अभ्यासपछि टिम छनोट गर्ने योजना थियो ।

जम्मु–काश्मीरकाे सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सेनाको सय कम्पनी थप गरिएको थियो । भारतले जम्मु–काश्मीरलाई आइतबार विशेष राज्यको दर्जाबाट बर्खास्त गर्नुअघि शनिबार नै क्रिकेटरलाई फिर्ता बोलाएको थियो । काश्मीरमा अहिले कर्फ्यु लगाइएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया