आईतबार, कार्तिक ३, २०७६
www.samsararemit.com

गैरन्यायिक हत्याको छानविन गर्न संसदीय समिति गर्ने सहमति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा सदनको अवरोध हटाउन सहमत भएका छन् । सोमबार बसेको सर्वदलीय बैठकमा सर्लाही घटनालगायत गैरन्यायिक हत्याको छानविन गर्न संसदीय समिति गठनको माग स्थगित गर्दै सदनको अवरोध हटाउन सहमत भएका हुन् ।

सर्लाही घटनालगायत गैरन्यायिक हत्याको छानविन गर्न संसदीय समिति गठन गर्ने सहमति भएपछि अवरोध हट्ने भएको हो ।

फेरि यस्तो गतिरोध हुन नदिन संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति समेत गठन गरिने भएको छ ।

समितिमा रहने सांसदको नाम सभामुखले संसद बैठकबाटै पढेर सुनाउने सहमति सत्तापक्षीय-प्रतिपक्ष दलले गरेका हुन् । कांग्रेस र राजपाले गैरन्यायिक हत्याको छानबिनलगायतका विषयमा सरकार गम्भीर नभएको भन्दै संसद्‍मा अवरोध गर्दै आएका थिए । गर्ने सहमति

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया