आईतबार, कार्तिक ३, २०७६
www.samsararemit.com

जम्मु कश्मिर भारतको आन्तरिक मामिला : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसले जम्मु कश्मिरको घटना भारतको आन्तरिक मामिला भएको भन्दै कुनै टिप्पणी नगर्ने जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विहिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कश्मिर घटनाबाट नेपालमा पर्नसक्ने सुरक्षा चासोबारे भने सरकारले नै धारणा बनाउनुपर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले निजामती सेवामा ट्रेड युनियन अधिकार प्रतिबन्धित गर्ने विधेयककाविरुद्ध कांग्रेस उभिने र संविधानले प्रत्याभूत गरेको अधिकारविपरीत सम्झौता नगर्ने बताउनुभयो । सत्तारुढ दल नेकपाको प्रतिवेदनमा कांग्रेसलाई हेर्ने दृष्टिकोणमा ‘दृष्टिदोष’ रहेको पनि बताउनुभयो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया