मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

भक्तपुरमा अहिले सम्मकै बृहत स्वास्थ्य शिविर  सम्पन्न

भक्तपुरमा शनिबार बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रमा भएको निशुल्क स्वास्थ्य शिविरमा स्थानीय ८०० जना भन्दा बढी सहभागी भएका छन् । लायन्स क्लव अफ नेपाल इको फ्रेन्डली र ब्रम्हायणी सामुदायिक बचत तथा रिण सहकारीले संयुक्त रुपमा आयोजना गरेको स्वास्थ्य शिविरमा स्थानीय ८०० जना भन्दा बढीको सहभागि भएको हो ।

शिविरमा राष्ट्रिय मृगौला केन्द्रबाट सिनियर न्यूरोलोजिस्ट डाक्टर रिषीकुमार काफ्ले सहित २२ जनाको समुहले मृगौला परिक्षण गरेको थियो । त्यस्तै तिल गंगा आँखा अस्पतालबाट ५ जनाको टोलीले आँखा परिक्षण गरेको थियो । त्यस्तै स्त्री रोग विशेषज्ञ, जनरल फिजिसिन डाक्टर दीर्घ सिंह बमले रुचि पूर्वक  स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा रक्त दान कार्यक्रम पनि आयोजना गरिएको थियो ।

लायन्स क्लव अफ नेपाल इको फ्रेन्डलीका सचिव राधेश्याम मल्ल र म्हायणी सामुदायिक बचत तथा रिण सहकारीका अध्यक्ष केशवप्रसाद अधिकारीको मुख्य पहलमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो  । सहकारीका अध्यक्ष अधिकारीले यति सहज र स्थानीयको यति बाक्लो उपस्थितिमा भक्तपुरमा पहिलो पटक यति ठुलो कार्यक्रम सम्मन्न भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

एउटै स्थानमा मृगौला आँखा लगायतको निशुल्क स्वास्थ्य परिक्षण गर्न पाउँदा स्थानीय भने दंग भएका थिए ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया