सोमबार, मंसिर २३, २०७६
www.samsararemit.com

विवादित मिडिया विधेयकमा सत्ता र विपक्षी दुवैले संशोधन हाल्ने

राष्ट्रियसभामा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसदमा टेबुल गर्ने विषयमा सहमति भएको छ ।

सोमबार भएको छलफलमा विधेयक सदनमा अगाडि बढाउन सत्ता पक्ष र प्रतिपक्ष  सहमत भएका हुन् । उनिहरु बीच विवादित विषयलाई संशोधन गर्ने सहमति भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्षमा अध्यक्षसहित, उपाध्यक्ष शशिकला दहाल, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, राष्ट्रियसभा दलका नेता दिनानाथ शर्मा, विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराई, विपक्षी दलका सचेतक सरिता प्रसाईं, समाजवादी पार्टीका नेता प्रमिला कुमारी, पत्रकार महासंघका प्रतिनिधिबीच छलफल भएको हो ।

सत्ता पक्ष र विपक्ष दुवैले संशोधन हाल्ने र त्यहीबीच पत्रकार महासंघको माग अनुकूल विधेयक बनाउने अन्तिम सहमति भएको छ । विधेयकमा सत्ता पक्ष र विपक्षी दुवैको संशोधन समितिमा हुनेछ र त्यही अनुसार राष्ट्रिय सभामा पेस हुनेछ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया