सोमबार, आश्विन ६, २०७६
www.samsararemit.com

आफुलाई पत्रकार ठान्ने रवि लामिछाने पक्राउः भेनमा हालेर चितवन पुर्याइयो

आफुलाइ अब्बल पत्रकार ठान्ने रवि लामिछाने पक्राउ परेका छन् । जनतासँग सिधाकुरा कार्यक्रमका प्रस्तोता लामिछाने पक्राउ परेका हुन् । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनी पानी पोखरीस्थित न्युज २४ को कार्यालयबाटै पक्राउ परेका हुन् । उनको साथबाट पत्रकार युवराज कँडेलसमेत पक्राउ परेको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनिएको भिडियो बुधबार सार्वजनिक भएको थियो । भिडियोमा पुडासैनीले लामिछानेसहित अर्का पूर्वसहकर्मी र एक युवती आफ्ना हत्यारा भएको गम्भीर आरोप लगाएका थियो ।

न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी यो टिभी छोडेर केही समयदेखि माउन्टेन टेलिभिजनमा काम गरिरहेका थिए । नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २१ गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

पुडासैनीले अन्तिम भिडियोमा लामिछाने, न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेल र अस्मिता कार्की नामकी एक युवतीका कारण आफू आत्महत्या गर्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।

प्रहरीले मृतकको साथबाट बरामद भएको मोाइलसहितका सामग्रीको डिजिटल फरेन्सिक ल्याब रिपोर्टका आधारमा अनुसन्धानका लागि रविलाई नियन्त्रणमा लिएको हो । चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले रविलाई पानी पोखरीबाट पक्राउ गरेको हो ।

यसै बीच पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा नाम जोडिएपछि पक्राउ परेका  रबि लामिछाने, उनका सहयोगी युवराज कडेंल र पुडासैनीसँग नाम जोडिएकी ओखलढुंगाकी अस्मिता कार्कीलाई चितवन लगिएको छ । प्रहरीले तीनै जनालाई प्रहरीको भ्यानमा राखेर चितवनतर्फ लगेको प्रहरीले जनाएको छ ।

पत्रकार पुडासैनीले चितवनको एक होटलमा सुसाइट अघि भिडियो रेकर्ड गरेका थिए । सो भिडियोमा रबिसहितका ३ जनाका कारण आत्महत्या गर्न वाध्य भएको उनले बताएका थिए ।

 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया