सोमबार, मंसिर २३, २०७६
www.samsararemit.com

भारत-पाकिस्तान भिडन्त: ८ जना सेना मारिए

कश्मीरको सीमाक्षेत्रमा गोलीबारी हुँदा तीनजना पाकिस्तानी सेना र पाँच भारतीय सेना मारिएका छन् । कश्मीरको विवादास्पद क्षेत्रमा दोहोरो गोली हानाहानमा यस्तो घटना भएको पास्तिानी सेनाले जनाएको छ । पाकिस्तानी सेना प्रवक्ता असिफ गाफुरले आफ्नो ट्वीटरमार्फत पनि यस्तो जानकारी दिएका छन् ।

उनका अनुसार भारतीय सुरक्षाफौजले लिपा उपत्याकास्थित पाकिस्तानी सेनालाई लक्षित गर्दै आक्रमण गरेको थियो । न्युज च्यानल एएनआईका अनुसार भारतीय सेनाले पाकिस्तानी सेनाको अभिव्यक्तिलाई अस्वीकार गरेको छ । भारतले कश्मीरको विशेषाधिकार खारेज गरेपछि नै पाकिस्तानसँग दुश्मनी झन् चर्किँदै गरेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया