सोमबार, आश्विन ६, २०७६
www.samsararemit.com

प्रधानमन्त्री फेरी अस्वस्थ, सचिवालय बैठक स्थगित

डेड साता सिंगापुरमा स्वास्थ्य उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा फेरी समस्य आएको छ । प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर सोमबार मात्र स्वदेश फर्किएका थिए । स्वास्थ्य कै कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिहीबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भयो  ।

सचिवालय बैठकका लागि नेताहरु बालुवाटार समेत पुगेका थिए । स्रोत्रका अनुसार  ओली बैठकस्थलमा पनि आएनन् । अर्का अध्यक्ष पुष्पकमल दाहालले माथिल्लो तलमा गएर आराम गरिरहेका ओलीलाई भेटेका थिए ।  ओलीलाइ ज्वरो आएको र जीउ दुखेको  छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य समस्या देखिरहँदा सचिवालय बैठक बस्नु उपयुक्त नदेखिएकाले बैठक शुक्रबार अपरान्ह ३ बजे बस्ने गरी स्थगित गरिएको नेकपामा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया