सोमबार, मंसिर २३, २०७६
www.samsararemit.com

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था विघ्रियोः अकस्मात सिंगापुर लाने तयारी !

प्रधानमन्त्री केपी ओली अस्वस्थ भएपछि पुन स्वास्थ्य उपचारका लागि सिंगापुर लाने तयारी भएको छ । प्रधानमन्त्री ओलीलाइ शुक्रबार सिंगापुर लाने तयारी भएको सचिवालय स्रोतले जनाएको छ । चिकित्सकले स्वास्थ्य अवस्था थप बिग्रिएको भन्दै पुनः सिंगापुर जान सुझाव दिएका छन् ।  प्रधानमन्त्री ओली यसअघि गत २७ साउनमा सिंगापुरमा उपचार गराएर फर्किएका थिए ।

उनको सिंगापुरको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ मा स्वास्थ्य परीक्षण गरिएको थियो । तर, स्वास्थ्यमा सुधार हुनुको साटो थप जटिल बन्दै गएको उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिए । बिहीबार बालुवाटारमा बोलाइएको नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको स्वास्थ्यका कारण स्थगित भएको थियो ।

यस्तै मन्त्रिपरिषदको नियमित बैठक समेत बसेन । सायमीका अनुसार मृगौलामा ‘क्रेटिनन’ भन्ने तत्वको मात्रा असामान्य तरिकाले बढ्दै गएको छ । स्वास्थ मानिसमा ‘क्रिटिनिन’ को मात्रा १ दशमलब ४ हुनुपर्ने भए पनि प्राधामन्त्रीको त्यो भन्दा धेरै देखिएको छ । चिकित्सकहरुका अनुसार ‘क्रिटिनिन’ को मात्रा अधिक भएको अवस्थामा मृगौलाले काम गर्न छोड्छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था विघ्रियोः

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया