सोमबार, आश्विन ६, २०७६
www.samsararemit.com

चितवनमा १० राउन्ड अश्रु ग्यास प्रहार, सात जना प्रहरी घाइते

जिल्ला प्रहरी कार्यालय चितवनमा १० राउन्ड अश्रु ग्यास चलेको छ । अश्रु ग्यास प्रहारबाट १० जना प्रहरी घाइते भएका छन् । प्रहरीले कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा शुक्रबार साँझ चितवन जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १० राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आन्दोलनकारीहरुले प्रहार गरेको ढुंगामुढा लागेर सात जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको स्थानीय ‍अस्पतालमा उपचार भएको छ । प्रहरीले अश्रु ग्यास गरेपछि भीड तितरवितर भएको थियो ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मि कार्कीलाई प्रहीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई आज अदालतमार्फत पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया