सोमबार, मंसिर २३, २०७६
www.samsararemit.com

नेकपामा वामदेव शक्तिशालीः नारायणकाजी ब्याक गियर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ३२ वटा विभागको जिम्मेवारी टुंगो लगाएको छ । लामो समयको रस्साकस्सी पछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ३२ वटै विभागको जिम्मेवारी टुंगो लगाएको हो।

जसअनुसार सचिवालय सदस्य वामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिइएको छ भने उपाध्यक्षका लागि स्थायी समिति बैठकमा प्रस्ताव गर्ने निर्णय भएको छ ।  त्यस्तै सबै धेरै चर्चारमा रहेको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन् ।

स्कुल विभागमा पूर्व माओवादीका नेता नारायण काजी श्रेष्ठले दावी गरेका थिए । प्रचार विभागको जिम्मेवारी श्रेष्ठले पाएका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपालले विदेश विभागको जिम्मेवारी पाएका छन् भने झलनाथ खनाललाई नी‍ति तथा प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया