सोमबार, आश्विन ६, २०७६
www.samsararemit.com

युवराज, अष्टलक्ष्मी र भीमलाई पनि उपाध्यक्ष बनाउन नेपालको प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाललाई माधव नेपालभन्दा अघिल्लो वरियतामा राख्न प्रस्ताव गरेका छन् । सचिवालय बैठकमा ओलीको प्रस्तावमा माधव नेपालले आपत्ति जनाएका छन् ।

खनालले तत्कालीन एमालेको नवौं महाधिवेशनपछि आफू ओलीपछिको वरिष्ठ नेता भएको दाबी गर्दै आएका छन् । नेता नेपालले भने नवौं महाधिवेशन अनुसार अघि बढ्ने भए सो महाधिवेशनबाट निर्वाचित पाँचमध्ये तीन उपाध्यक्षलाई पनि सचिवालयमा ल्याउनुपर्ने बताएका छन् ।

पाँच उपाध्यक्षमध्ये विद्यादेवी भण्डारी राष्ट्रपति भइन् । वामदेव गौतम उपाध्यक्ष भए, बाँकी उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई पनि उपाध्यक्ष बनाउन नेता नेपालले माग गरेका छन ।

गौतमलाई अघिल्लो सचिवालय बैठकले उपाध्यक्ष बनाउने निर्णय गरेको थियो ।‍ नेता नेपालले यी तीन नेतालाई ईश्वर पोखरेलको भन्दा माथिल्लो बरियता दिनुपर्छ भनेका छन‍ । नवौं महाधिवेशनमा पोखरेल महासचिव निर्वाचित भएका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया