बिहीबार, कार्तिक २८, २०७६
www.samsararemit.com

रवि विरुद्धको मुद्दा दर्ता गर्न सरकारी वकिलकोमा फाइल पुग्यो

अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित ३ जना विरुद्ध मुद्दा दर्ताका लागि प्रहरीले अनुसन्धानको फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।  सरकारी वकिलको कार्यालय तीन जनाको बयान र अन्य प्रमाणहको रुजु गर्दै सम्भव भएसम्म आजै मुद्दा दायर गर्ने तयारी गरेको छ ।

१० दिनको म्याद अदालतबाट दुई पटक गरी पाएको र सो अवधिमा प्रहरीबाट भएको अनुसन्धानको सवै विवरण सरकारी वकिल कार्यालयलाई बझाएको छ ।

चितवनको हिरासतमा रहेका रवि लामिछाने, ‘रुकु’ भनिने अस्मिता कार्की र युवराज कँडेललाई भने प्रहरीले जिल्ला अदालत पुर्‍याएको छ । जिल्ला अदालतमा मुद्दा दर्ता हुन सक्ने भएपछि रविका कानुन व्यवसायीहरु समेत चितवन पुगेका छन् ।

उनी विरुद्ध मुलुकी संहिताको आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा मुद्दा दायर हुनेछ । उक्त अभियोगमा ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म सजाय हुने व्यवस्था छ ।

आरोपपत्र दायर भएका उनीहरुको बारेमा थुनछेक बहस हुनेछ। थुनछेक बहसका लागि आजै सुनुवाई माग गर्ने तयारी रवि पक्षका कानुन व्यवसायीले गरेका छन् । रविलगायत तीनै जना आजै हिरासतमुक्त हुनका लागि आजै बयान गराई थुनछेक बहस हुनुपर्नेछ । त्यसो हुन नसकेमा उनीहरु न्यायिक हिरासतमा बस्नुपर्ने हुन्छ ।

कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता लामिछाने, सोही कार्यक्रममा आवद्ध कँडेल र कार्की पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा हिरासतमा छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया