बिहीबार, कार्तिक २८, २०७६
www.samsararemit.com

मन्त्री भट्टराईको योजना कार्यान्वयन गर्न सचिव अधिकारीले सशक्त भूमिका खेल्ने  

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आफ्नो भावी कार्ययोजना सार्वजनिक गरेका छन् । मन्त्री भट्टराईले सोमबार कार्ययोजना सार्वजनिक गरेका हुन् ।

मन्त्री भट्टराईको कार्ययोजनामा ७० वर्षमाथिका वृद्धवृद्धालाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने योजना छ । यसका लागि नेपालमा संचालित विभिन्न वायुसेवा कम्पनीसँग छलफल भइरहेको उनको भनाइ छ ।

भावी कार्ययोजन सार्वजनिक गर्ने क्रममा उनले पशुपतिनाथ मन्दिर क्षेत्रलाई थप व्यवस्थित बनाउने प्रतिवद्धता जनाए । शवदाह गृहमा मेसिन थप्नेदेखि पशुपति क्षेत्र जेष्ठ नागरिकमैत्री बनाउने, पशुपति क्षेत्रस्थित बागमती आरती लाइभदेखि मन्दिरमा नियमित प्रसाद वितरणसम्म योजना रहेको भट्टराईले बताए ।

यसै बीच मन्त्री भट्टराईको योजना सफल पार्न आफ्नो भूमिक सशक्त रहने सचिव केदारबहादुर अधिकारीले बताएका छन् । केहि दिन अघि मात्रै  संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्रालयको सचिवको जिम्मेवारी पाएका अधिकारीले मन्त्रीको योजनामा सशक्त भूमिका निर्वाह गर्ने बताएका हुन् । उहाँ आश लाग्दो युवा नेता हो उहाँको योजनालाइ मेरो साथ र सहयोग गर्छु उनले सगरमाथा खबरसँग भनेका छन् ।

 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया