बिहीबार, कार्तिक २८, २०७६
www.samsararemit.com

एनसेल कर विवादः कर कार्यालयको निर्णय सर्वोच्चले उल्ट्यायो

सर्वोच्च अदालतले एनसेललाई लगाएको ठूला करदाता कार्यालयले लगाएको करमा छुट दिने फैसला गरेको छ । सर्वोच्चको फैसलापछि ठूला करदाता कार्यालयले कर विवादमा पुनः हिसाबकिताब गरेर कर निर्धारण गर्नुपर्ने भएको छ ।

यसअघि एनसेल कम्पनीलाई जरिवाला र व्याजसहित झन्डै ६५ अर्ब कर निर्धारण भएको थियो । एनसेलले भने २१ अर्ब पहिल्यै बुझाएको दाबीसहित केबल १४ अर्ब मात्रै बुझाउनु पर्ने जिकिर सर्वोच्चमा गरेको थियो ।

न्यायाधीश तेजबहादर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहतपूर्ण इजलासले करदाता कार्यालयको निर्णय उल्टाउँदै पुनस् निर्णय गर्न आदेश दिएको हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया