मंगलबार, कार्तिक ५, २०७६
www.samsararemit.com

ह्याकरले झण्डै ४ करोड रुपैयाँ कुन कुन बैंकको एटीएमबाट पैसा निकाले ?

एटीएम चोरी प्रकरणमा प्रभु र एनआईसी एसिया बैंकको एटीएम कार्ड प्रयोग भएको पाइएको छ । विभिन्न बैंकबाट कम्तिमा ४ करोड रुपैयाँ चोरी गर्ने चिनियाँले यी दुई बैंकको नक्कली एटीएम प्रयोग गरेर अरु बैंकका एटीएमबाट पैसा निकालेका छन् ।

नेपाल इलेक्ट्रिक पेइमेण्ट सिस्टम लिमिटेड (नेप्स)को कार्ड प्रयोग गरेर भीसा कार्यको प्रयोग गर्ने बैंकका एटीएमबाट पैसा झिकिएको प्रारम्भिक प्रहरी अनुसन्धानमा देखिएको छ । अहिले प्रभु, सनराइज, माछापुच्छे, जनता, सिद्धार्थ, सिटिजन्स, एनआईसी एसिया, बैंक अफ काठमाण्डू, प्राइम, नेपाल बंगलादेश र ग्लोबल आईएमई बैंक नेम्स प्रणालीमा आबद्ध छन् । त्यस्तै देवः विकास, ज्योति विकास, ओम डेभेलपमेण्ट, शाइनरेसुङ्गा, सांग्रिला डेभेलपमेण्ट, एक्सेल डेभेलपमेण्ट र लुम्बिनी विकास बैंक पनि यस सञ्जालमा आबद्ध छन् ।

ह्याकरले ती बैंकको नक्कली एटीएमकार्ड बनाएर भिसा प्रणाली सञ्चालन गर्ने नबिल, नेपाल एसबीआई, सानीमा, एनएमबीलगायत थुप्रै बैंक तथा वित्तीय संस्थाको एटीएमबाट पैसा निकालेको प्रहरीले बताएको छ । सबै बैंकले शंकास्पद कारोबारको विवरण प्रहरीलाई बुझाइसकेका छन् ।

अहिले नेप्समा आबद्ध बैंकका एटीएम कार्डहरु अरु बैंकका एटीएम मेसिनमा प्रयोग गर्न बन्द गरिएको छ । तर सोही बैंकको एटीएमबाट भने पैसा निकाल्न पाइन्छ ।

विभिन्न बैंकको एटीएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर टेकुको टोलीले आइतबार दरबारमार्गस्थित नबिल बैंकको एटीएममा पैसा निकालिरहेको अवस्थामा चिनियाँ नागरिक चु ल्याङयाङलाई पक्राउ गरेपछि ह्याकरको गिरोह फेला परेको हो ।

प्रहरीले राजधानीका विभिन्न ठाउँबाट करिब दुई करोड रुपैयाँसहित पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार उनीहरुको साथबाट १३२ थान नक्कली एटीएम बरामद गरिएको छ ।

९८५१०४७९३९

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया