बिहीबार, कार्तिक २८, २०७६
www.samsararemit.com

प्रधानमन्त्री ओलीको स्वास्थ्य के भईरहेको छ ?

सिंगापुरमा स्वास्थ्य उपचार गराइराखेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया बुधबार सकिने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्लाजा फेरेसिस प्रक्रियाबाट मृगौला सम्बन्धी एन्टीबडीलाई निवारण गर्नेगरी उपचार जारी रहेको जानकारी दिए ।

अर्यालले ट्वीट गर्दै लेखेका छन्, ‘सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टीबडीलाई निराकरण गर्ने उपचार जारी छ ।

प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ ।’ अर्यालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया