मंगलबार, कार्तिक ५, २०७६
www.samsararemit.com

प्रधानमन्त्री ओली भ्रष्टाचारी, दलाल र माफियाको चंगुलमा फसेः नेता बस्नेत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सरकार संवैधानिक मूल्य मान्यता माथि प्रहार गर्दै अघि बढेको आरोप लगाएका छन् । लोकतान्त्रिक व्यवस्थाबाट प्रधानमन्त्री बनेका ओली अधिनायकवादी सपनामा बरालिदा मुलुक विकास र संमृद्धिको मार्गबाट पछि धकेलिएको नेता बस्नेतले बताए ।

शक्तिशाली सरकारका प्रधानमन्त्री हावादारी गफमा मात्र सिमित रहदा सरकारप्रतिको विश्वास जनता, कर्मचरी र अन्तर्राष्ट्रिय समुदायमा समेत गुमेको नेता बस्नेतले दाबी गरे । मुलुक बनाउने महत्वपूर्ण अवसर पाएका प्रधानमन्त्री ओली भ्रष्टाचारी, दलाल र माफियाको चंगुलमा फसेर सीमित बर्गको पृष्ठपोषणमा लागेको आरोप नेता बस्नेतले बताए ।

प्रधानमन्त्री ओलीले जननेता बन्ने अवसर गुमाएको नेता बस्नेतको तर्क थियो । पूर्व सञ्चारमन्त्री समेत रहेका नेता बस्नेतले तातोपानी नाका सर्वसाधारणको पहुच भित्र बनाउनु पर्नेमा जोड दिए । अहिले तातोपानी नाका निश्चित पहुचवाला व्यापरीको कब्जामा रहेको भन्दै आपत्ति जनाए ।

यसै गरी कार्यक्रममा बस्नेतले मेलम्ची खानेपानी सरकाकरका कारण अलपत्र भएको बताएका छन । मेलम्चीका कामदारले तलव माग्दा उनीहरु माथि लाठी वर्साइनु निकै निन्दनिय कार्य भएको भन्दै आपत्ति जनाए ।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १, ले सिन्धुपाल्चोकको बेलेफी ५,कोठेमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानलाई सम्बोधन गर्ने क्रममा नेता बस्नेतले मुलुकको शान्ति र संमृद्धि नेकपा नेतृत्वको सरकारबाट असंभव भएको भन्दै चुनावमा पराजित भए पनि जिल्लाको विकास निर्माणमा आफू अहोरात्र लागि पर्ने स्पष्ट पारे ।

कार्यक्रमा महासमिति सदस्य हरिशरण श्रेष्ठ, युवा नेता प्रेमध्वज लामा, सुनकोशी गाउँपालिकाका अध्यक्ष विनोद जिसी लगायतका जिल्ला नेताहरुले मन्तव्य राखेका थिए । कार्यक्रम क्षेत्रिय सभापति बालकृष्ण वस्नेतको सभापतित्व भएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया