शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

सार्वजनिक बसमा यौन दुर्व्यवहार गर्ने पूर्वसांसद पक्राउ

सार्वजनिक सवारी साधनमै युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन् । कलेज पढ्ने एक युवतीमाथि ललितपुरमा सार्वजनिक बसमा यौन दुर्व्यवहार गरेपछि बसमा भएका यात्रुले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पूर्व सांसद घिसिङलाई पक्राउ गरेको हो ।

सांसद घिसिङलाई पक्राउ गरेको पुष्टि गर्दै ललितपुर प्रहरीका प्रवक्ता एसपी दुर्गा सिंहले भनिन्, ‘दुर्व्यवहार गरेको खबर आएपछि उहाँलाई पक्राउ गरिएको हो । घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।’

प्रहरीले पीडित युवतीको जाहेरी लिएर घिसिङलाई अभद्र व्यवहारमा म्याद थपका लागि जिल्ला अदालत ललितपुर लगेको छ । पक्राउ परेका घिसिङ माओवादी केन्द्रबाट ललितपुरबाट समानुपातिकमा सांसद थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया