बिहीबार, कार्तिक २८, २०७६
www.samsararemit.com

पोखरामा नेपाल लाइफ इन्स्योरेन्सको भब्य कार्यक्रम सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा ब्रान्च म्यानेजर्स कन्फेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६’ भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले यही भदौ २१ देखि २४ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रम एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालय लगायतका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गर्दै सम्पन्न भएको हो ।

संस्कृतिक कार्यक्रम सहित सुरुभएको कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले गरेका थिए । आगामी दिनका लागि कम्पनीको स्ट्राटेजी निर्माण गरिनुका साथै विभिन्न मोटिभेशन र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
देशभरिका एजेन्ट, एजेन्सी म्यानेजर, क्षेत्रीय कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा एजेन्टतर्फ ५० र एजेन्सी म्यानेजरतर्फ ५० जनालाई नगदसहित पुरस्कृत गरियो  । त्यसैगरी कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने आफ्ना कर्मचारीहरूलाई पनि सम्मान गरेको छ ।
कार्यक्रममा एजेन्सी म्यानेजरतर्फबाट एजेन्सी म्यानेजर अफ इयर’ अवार्डका लागि बिर्तामोड शाखाकी निर्मला खत्रीले ३ लाख ३३ हजार नगदसहित सम्मानित भइन् । त्यस्तै दोस्रो हुने नयाँ बानेश्वर शाखाकी दुर्गाकुमारी खत्रीले १ लाख ८० हजार नगदसहित सम्मानित भइन् । त्यस्तै स्रो हुने बिर्तामोड शाखाकै वेदनारायण गोदारले १ लाख नगदसहित सम्मान-पत्र हात पार्न सफल भएका छन् ।
त्यस्तै, एजेन्टतर्फको एजेन्ट अफ द इयर’ अवार्डका लागि पहिलो हुने नयाँ बानेश्वर शाखाका अच्युत पौडेलले ३ लाख ३३ हजार नगदसहित सम्मानित भए । बिर्तामोड शाखाकी प्रमिला बस्नेतले १ लाख ८० हजार नगदसहित दोस्रो भइन् । र तेस्रो बूढानीलकण्ठ शाखाका नैनबहादुर खत्रीले १ लाख नगदसहित सम्मान-पत्र हात पार्न सफल भए ।

कर्मचारीतर्फ वेष्ट पर्फमेन्स अफ द इयर’ अवार्ड विर्तामोड शाखाका अमेन्द्र कुमार कर्ण, वेस्ट रिजनल म्यानेजर अफ द इयर’ अवार्ड पूर्वाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक टीकादत्त प्याकुरेललाई प्रदान गरिएको छ । हाल यस कम्पनीको चुक्तापूाजी जीवन बीमाक्षेत्रकै सर्वाधिक रू ५ अर्ब ४९ करोड रहेको छ । भने लगानी रू ७२ अर्ब रुपैयाँ

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया