मंगलबार, मंसिर ३, २०७६
www.samsararemit.com

१५ महिनापछि मलेसियामा नेपालीका लागि रोजगारी खुल्यो

 

विगत १५ महिनादेखि बन्द रहेको मलेसियामा रोजगारीको बाटो खुलेको छ । नेपाली र मलेसियाली प्राविधिक कमिटीको  बैठकले बन्द रहेको मलेसिया रोजगारी खुलाउने निर्णय गरेको हो । निर्णय अनुसार आइतबारबाटै नेपाली कामदारले रोजगारीको लागि मलेसिया जान पाउनेछन् ।
मलेसियाकमा भएको बैठकले रोजगारी खुलाउने बारेमा समझादारी भएको हो । मलेसियन टोलिसँग नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोलि वार्तामा रहेको थियो । मन्त्रालयका अनुसार १० वटा बुँदामा सम्झौता भएको छ ।

श्रम सम्झौतालाई कार्यन्वयन गर्दै अघि बढ्ने तर पहिले नै पठाएको ढाँचामा हाललाई कामदार पठाउने सहमति भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी बैठकमा स्वास्थ्य परीक्षणका लागि भने पुरानै ३६ वटा स्वास्थ्य संस्थाहरु कायम रहने गरी सहमति भएको छ भने विस्तारै नेपाल सरकारले छनोट गरी सूचीकृत गरेका १ सय २२ वटा स्वास्थ्य संस्थालाई पनि क्रमबद्ध थप्दै लैजाने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्णयअनुसार २०७५ जेठ २ गते औपचारिक रुपमा मलेसिया रोजगारी बन्द भएको थियो । रोजगारीका लागि मलेसिया जाने कामदारमाथि अत्यधिक आर्थिक भार परेको भन्दै मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारी बन्द भएको घोषणा गरेका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया