शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

काठमाडौंको गोलढुंगामा गोली चल्योः गुन्डा नाइके गुरुङ घाइते

काठमाडौंको गोलढुंगामा गोली चलेको  छ । प्रहरीलाई मार्छु भन्दै हिँड्ने गुन्डा नाइके साजन गुरूङले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फायर गरेको हो । गोली लागी गुरूङ घाइते भएका छन् ।

उनको खुट्टामा गोली लागेको छ । गुरुङलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । अपराध महाशाखाको टोलीले उनलाई प्रकाउ गर्न खोज्दा गुरुङले गोली चलाएका थिए । यसपछि मात्र प्रहरीले गोली चलाएको महाशाखाले जानकारी दिएको छ ।

घटनास्थलबाट प्रहरीले एक पेस्तोल र सोको गोली २ राउन्ड गोली बरामद गरेको छ । गुरुङमाथि अर्का गुन्डा नाइके पहलमान गुरुङको हत्या समेत गरेको आरोप लागेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया